काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम धुम्म

चैत्र २६ : स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव परेकाले काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा अहिले मौसम धुम्मीएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धुम्मिएको मौसम पर्सिदेखि बिस्तारै सुधार हुँदै जाने सम्भावना छ ।

आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । मौसम बद्ली भएका यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका प्राय सबै क्षेत्रमा आज पनि दिनभरि नै पारिलो घाम लाग्नेछ।