राखेप बोर्ड बैठक बस्दै, नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुने

बैशाख ९ : राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को बोर्ड बैठक आज ९शुक्रबार० बस्दैछ । करिब तीन वर्षपछि बस्न लागेको बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुनेछ । बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतका विषयमा छलफल हुन लागेको बताइएको छ ।

युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा १९ औं एसियन गेम्सको सहभागितालाई पनि मुख्य एजेण्डाको रुपमा समावेश गर्ने बताइएको छ ।

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । गण्डकी प्रदेशमा हुने प्रतियोगिता प्रदेशका सबै जिल्लाहरुमा कम्तिमा एक खेल गर्ने योजना रहेको छ ।

राखेपको बोर्ड बैठक करिब तीन वर्षपछि पहिलो पटक शुक्रबार बस्दैछ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने छ । नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनमा बसेको राखेपको बोर्ड बैठक नै राखेपको अन्तिम बोर्ड बैठक हो ।

२०७६ साल बैशाखको पहिलो साताबाट हालसम्म राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।