पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

वैशाख ११ : मधेस प्रदेशका प्रदेश सभा सदस्य डा. डिम्पलकुमारी झाको निधन भएको छ । झाको आइतबार बिहान निधन भएको हो ।

संविधान सभा सदस्य तथा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेकी झा. बिगत केही समयदेखि क्यान्सर रोगले पीडित थिइन् । भारतको नयाँ दिल्लीमा उपचार गराउदै आएकी झाको काठमाडौंको रानीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेकी झा लोसपाका नेता, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झाकी श्रीमती हुन् ।