मौसम पूर्वानुमान : स्थानीय र पश्चिम वायुको प्रभावले वर्षाको सम्भावना

बैशाख १३ : हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का थोरै स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।