आजको मौसम : पहाडी भू–भागमा सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

बैशाख १४ : हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशको बागमती प्रदेश र प्रदेश १का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ। बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।