बैशाख २६ : स्याङजाको भीरकोट नगरपालिकाको–६ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
आज (सोमबार) बिहान बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका विश्वनाथ अर्यालको घर नजिकै बाटोमा फेला परेको हो ।
चुनावी माहोललाई आतंकित पार्ने योजनामा बम राखेर तर्साउन खोजेको नेकपा एमाले भीरकोटले दावी गरेको छ । बम कसले राखेको भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















