बैशाख २७ :नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्ने भएको छ । सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै बैंकले नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको बैंक खातामा मात्र भुक्तानी गरिने बताएको छ ।
निवृत्तिभरण भुक्तानी सम्बन्धी कार्यविधिको दफा ९८० को उपदफा ९२० मा भएको व्यवस्थाअनुसार बैंक खातासम्बन्धी विवरण पेश गर्न बाँकी निवृत्तिभरकले संलग्नबमोजिमको फाराम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा विभागको आधिकारीक वेवसाइटमा बुझाउन आग्रह गरेको छ ।


















