सहायक मतदान अधिकृतको मृत्यु

बैशाख ३१ :स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर(३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

शुक्रबार राति वीरेन्द्रनगर-८ मा कर्णाली प्रदेश ०२(००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको प्रहरीले जनाएको छ ।