बैशाख ३१ :न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जानकारी दिइएको छ । उनले आइतबार सो कुरा जानकारी गराएकी छिन् । शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी छिन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराएकी छिन्।
उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताएकी छिन् । प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।

















