जेठ १ । बलिउड अभिनेता अक्षयकुमारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सामाजिक सञ्जाल मार्फत उनले दोस्रो पटक कोरोना महामारीको चपेटामा परेको जानकारी दिएका हुन । कोरोना पोजेटिभ भएसँगै अक्षयले कान्स फिल्म फेस्टिभ २०२२ मा सहभागी हुन नसक्ने बताएका छन् ।
अक्षयले ट्विटमा लेखेका छन् – ‘कान्स २०२२ को इन्डिया प्याभिलियन हाम्रो सिनेमा उद्योगको लागि धेरै उत्सुक विषय थियो । तर, दुःखको कुरा के छ भने म कोरोना पोजेटिभ भएको छु । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टिमलाई फेस्टिभलको लागि धेरै शुभकामना । म त्यहाँ उपस्थित हुन नपाउँदा फेस्टिभललाई धेरै मिस गर्नेछु ।’
















