जेष्ठ २२ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।
आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन्।
मन्त्री फिर्ता बोलाउने निर्णयबाट केही मन्त्री रिसाउलान् नि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले यस विषयमा पछि कुराकानी गरिने बताए।
एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।
नया मन्त्रिको सुचिमा विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई जिम्मेवारी दिने एकीकृत समाजवादीले निर्णय गरेको छ।


















