असार ३ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गरेका छन् । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको जनाइएको छ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पारित गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेट गरेका हुन ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । तर नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगिकृत नागरिकता लगायतमा विषयमा दलहरूबीच सहमति हुन सकेको छैन ।


















