थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

असार १२ : नेपालमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ५ सय ३३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या १ सय ९२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १७ जना डिस्चार्ज भएसगै  घर फर्किनेको संख्या ९ लाख ६७ हजार ३ सय ८९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।