वर्षाले हवाई उडान प्रभावीत

असार १४: लगातारको वर्षाले हवाई उडान प्रभावीत भएको छ । आज विहान ६ बजेदेखि हुने उडान रोकिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भैरहवा, सुर्खेत र भोजपुर विमानस्थलमा अझै पनि उडान हुन सकेको छैन ।

भारी वर्षाले गर्दा विमानस्थलको मौसम खरावीले विहानै देखि यी चार विमानस्थलमा उडान अवरुद्ध भएको हो । देशैभर सञ्चालित ३६ वटा विमानस्थल मध्ये अन्य ३२ वटामा भने उडान सूचारु भएको जनाइएको छ ।