दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

असार १७ : दाङको घोराहीमा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र एक साइकल यात्रीको मृत्यु भएको छ । घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिँदा साइकल यात्री घोराही १५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलमा सवार घोराही ७ का ३८ वर्षीय बसन्त चौधरी र साइकल यात्री घोराही १५ का विनोद भण्डारी घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।