नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

असार १७ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।