अपरिचित व्यक्तिले दिएको जडीबुटीले एकजनाको लियो ज्यान, एक जना गम्भीर घाइते

असार २७ : अपरिचित व्यक्तिले दिएको जडीबुटी खाँदा अछाममा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका–४ पालयका ४२ वर्षीय गणेश खत्रीको नचिनेको जडीबुटी खाएर मृत्यु भएको परिवारस्रोतले जनाएको छ ।

खत्रीको साथमै जडीबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य रहेका २९ वर्षीय किशोर भाट घाइते भएपछि बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतक खत्रीको शवको पोष्टमार्टमका लागि सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पताल लगिएको छ ।

दुवै जनाले नचिनेको जडिबुटी सेवन गरेको बताइएको छ । जडीबुटी दिने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।