पाल्पामा इ–पासपोर्ट वितरण सुरु

पाल्पा। जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।

पछिल्लो समय विद्युतीय राहदानी बनाउन गरिने अग्रीम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दैआएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको कार्यालयले जनाएको छ । सेवाग्राहीको चाहनाअनुसार सो सेवा सुरुवात गरिएको जनाइएको छ ।

अबदेखि अनलाइन दर्ता सेवा बन्द भएको र प्रत्यक्ष सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ । यसैबीच प्रत्यक्ष रुपमा अनलाइन सेवा दिन सुरु गरेको हुँदा चर्को मुल्य तिरेर अफलाइन फर्म भर्नुपर्ने बाध्यताबाट समेत सेवाग्राही मुक्त भएका छन् ।

यसअघि यहाँका व्यवसायीले अनलाइन सेवाको नाममा अनावश्यक रकम अशुल गरेर फर्म भर्दै आएका थिए ।