धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकले बिहीबार गाईलाई ठक्कर दिएको थियो।
सोही क्रममा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो।
यस्तै मोटरसाइकल चालक ४४ वर्षीय वीरेन्द्र शर्मा गम्भीर घाइते भएका छन्। हमालको मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


















