प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यक्रम सार्वजनिक गरिएको छ।
जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सभामा ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन -एक्रिडिटेसन_ विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले पेस गर्नेछन्। यीलगायत आजको बैठकका लागि पाँचबुँदे कार्यसूची बनाइएको छ।



















