भारतसँग हारपछि प्रशिक्षकले भने- खेलाडीलाई दोष नदिनुहोला, यो मेरो गल्ती हो

 साफ यू-२० च्याम्पियनसिपमा भारतसँग फराकिलो गोल अन्तरले हारेपछि प्रशिक्षक मेघराज केसीले माफीमा मागेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसका लागि खेलाडी दोष नदिन आग्रह गरेका छन्। युवा टोलीका प्रशिक्षक केसीले भनेका छन्, ‘खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो।’

नेपाली टोलीको अनुभवको कमिका कारण धेरै गोल अन्तर भएको बताएका छन्। आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको थियो।

प्रशिक्षक केसीले भनेका छन्, ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद। खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन्।’

भारतसँग जित्न नसकेकोमा दुःख व्यक्त गरेका छन्। ‘आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौं,’ उनले भनेका छन्।

यो हारबाट उम्किन आफूलाई दुई लिन लाग्ने पनि उनले बताएका छन्। प्रशिक्षक केसीले भनेका छन्, ‘अब अर्को खेलका लागि दुई दिनको समय छ। मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन। धन्यवाद।’

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले मालदिभ्सलाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। तेस्रो खेलमा भने भारतसँग फराकिलो गोल अन्तरले हारेको हो।

अब नेपालले लिग चरणको अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ।