एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल कोभिड १९ बाट संक्रमित भएका छन् । स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि सोमबार स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको हो ।
उनी धापासीस्थित निवासमा आराम गरिरहेका छन् । पोखरेललाई निमोनियाको पनि लक्षण देखिएको छ । स्वास्थ्य समस्याका कारण प्रदेश १ का पूर्वनिर्धारित पार्टी कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।