पहिरोले मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

चितवनको भरतपुर महानगरपालिका-२९, केराबारीमा पहिरो झर्दा मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ।

सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । प्रहरीका अनुसार ३–४ घण्टामा सडक खुल्ने सम्भावना छ।

फिस्लिङ-जोगिमारा सडक खण्डको पहिरो भने हटाइसकिएको छ।