ताइवान घेरेर ६ ठाउँमा सैन्य अभ्यास गर्ने चिनियाँ सेनाको घोषणा

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरुप सो सैन्य अभ्यास गर्न लागिएको हो।

अगस्ट ४ देखि ६ सम्म सो अभ्यास गरिने चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्। पेलोसीको भ्रमणलाई चीनले अत्यन्त खतरनाक भनेको छ। पेलोसी मंगलबार राति ताइवान ओर्लिएकी हुन्।

यो भ्रमणले विश्वका दुई सबैभन्दा ठूला शक्तिबीच तनाव चुल्याउने आशंका गरिएको छ।