बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ। उक्त पदमा खुला प्रतियोगिताबाट चार वर्षका लागि पदपूर्ति गरिनेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आउँदो असोज ८ गतेभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा आवेदन दिन सक्ने जनाइएको छ।



















