काठमाडौं। सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज मङ्गलबार सार्वजनिक बिदा दिएको छ।
शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो।
शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा काठमाडौँको किष्ट अस्पतालमा निधन भएको थियो।



















