पाेखरा विमान दुर्घटनामा परेकाकाे शवकाे पहिचान गर्न गाह्राे

१ माघ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ । पोखराका मेयर आचार्य भन्छन्, ‘अधिकांशको पहिचान गर्न नसक्ने अवस्था छ ।’

उनका अनुसार अहिले पनि मृतकहरुको शव संकलन भइरहेको छ । तर सेतीको खोंचमा भएका कारण कठिन भइरहेको छ । भिरालोमा अड्किएका शवलाई तल (खोला किनारमा) झार्ने र नेपाल आर्मीको टोलीले डोरी लगाएर माथि ल्याउने उनले जानकारी दिए ।