फेसबुकमा साथीको नक्कली अकाउन्ट खोलेर ठगी गर्ने स्वस्तिका पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साथीको फेक आईडी बनाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाँउपालिका ४ घर भई हाल काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया स्वस्तिका श्रेष्ठ रहेकी छन् ।

साथीको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाइ पुरुषहरुसँग म्यासेन्जरबाट बिभिन्न बहाना बनाई ईसेवा वालेटहरुमा पैसा पठाउ आग्रह गर्ने गरेको प्रहरीले बतायो ।

पक्राउ परेकी स्वस्तिकालाई थप अनुसन्धान तथा कारवाहीबा लागी नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो पठाइएको छ ।

उनिमाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्‍धान अघि बढाएको प्रहरीले जनाएको छ।