मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

बिराटनगर । नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ ।

सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । तर, पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीमाथि अनुसन्धान जारी छ ।

मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।