काठमाडौं ४ जेठ । श्रीमती हत्या गरी फरार रहेका ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका वडा नं. ६, फगाम घर भएको ३९ वर्षीय गर्भे वि.क. रहेका छन् ।
उनले आफ्नै २६ वर्षीया श्रीमतीको हत्या गरी कपिलबस्तु जिल्लाको शिबराज नगरपालिका वडा नं. ५, चन्द्रौटास्थित प्रयोगमा नआएको बस तथा गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फ्याँकी फरार भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपाकिला १०, सतुंगलबाट पक्राउ गरेका थियो ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलबस्तु पठाईएको प्रहरीले जनाएको छ ।


















