पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, जेठ २१ । पुरातात्विक मूर्ति चोरी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला खोकना वडा नं.४ घर भई हाल ललितपुर महानगरपालिका २० बस्ने ६९ बर्षीय तीर्थ डंगोल रहेका छन् ।

पुरातात्विक मूर्ति चोरी मुद्धामा जिल्ला अदालत ललितपुरले २ बर्ष कैद सजाय फैसला भएको अवस्थामा फरार उनलाई भक्तपुरस्थित सूर्यविनायक आदर्शचोकबाट फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुर पठाईएको छ ।