राजसंस्था पुर्नस्थापनाको मागसहित सत्याग्रह संयोजक समितिद्वारा आन्दोलनको घोषणा

काठमाडौं, जेठ २१ । सत्याग्रह संयोजक समितिले आगामी जेठ २३ गतेदेखि आन्दोलन सुरू गर्ने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यको माग गर्दै २३ गतेदेखि माईतीघर मण्डलामा आन्दोलन सुरूवात गर्ने जानकारी दिएको हो ।

सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको टिप्पणी गरे । आफूहरु आन्दोलनको नाममा कुनै नेपालीको रगत नबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनको तर्क छ ।

उनले भने ‘अबको यो सत्याग्रहबाट हामी जनताले राजालाई गुहार्नका लागि हामी जान लागेका छौं । तर, हामी आन्दोलन चाहँदैनौं । हामी जनताको रगत बगोस् भन्ने चाहँदैनौं । हामीबीचमा गृहयुद्ध भयो भने विदेशीले सत्ता कब्जा गर्नसक्छ । त्यसैले हामीले सत्याग्रहको बाटो रोजेका छौं, ।

समितिले सत्याग्रहमा सहभागी हुनका लागि संघ÷संस्थाहरुले आफ्नो व्यानरसहित कार्यक्रममा सहभागी हुनसक्ने समेत जानकारी गराएको छ ।