काठमाडौं, जेठ २३ । पर्साको सिर्सिया नदीमा भएको प्रदुषण रोक्न काठमाडौंमा विरोध भएको छ । चुरे तथा बन जंगल संरक्षण आभियानले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
बिरोध कार्यक्रममा सिर्सिया नदीको पानी भरिएको बोतल प्रदर्शन गरिएको छ । चुरे तथा बन जंगल संरक्षण आभियानका सदस्य विन्देश्वर पासवानले कलकारखानाबाट निस्किएको फोहर सिधै नदीमा मिसाइने हुदा प्रदुषण बढेको बताए ।
उनले भने,‘विभिन्न कलकारखानाले सिर्सिया नदिलाई प्रदुषण तुल्याएको छ । जसकारण सिंगो गाउँ नै दुर्गन्धित भएको छ । पहिले त्यही पानीले खाना पकाएर खाने गथ्र्यौं । अहिले दुर्गन्ध फैलिएको छ । पानी विषमा परिवर्तन भएको छ । ’
माग सम्बोधन नहुँदासम्म बिरोध जारी रहेने उनको बताए । भुमीहिनका मागलाई सरकारले वेवास्ता गरेको समेत उनले विरोध कार्यक्रमका क्रममा बताए ।


















