आजको मौसम : यी प्रदेशमा वर्षा हुने

काठमाडौं, जेठ ३१ । यो वर्षको मनसुनी प्रणाली नेपाल भित्रिदै गर्दा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज कोशी प्रदेशको साथै देशका पहाडी भू–भागमा आंशिक देखि मौसम सामान्य बदली रहने छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र मधेश प्रदेशको थोरै स्थानामा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, बुधबार राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि मौसम सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले स्पस्ट गरेको छ ।

साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

वार्षिक रुपमा नेपालमा मनसुन जुन १३ तारिकमा आइपुग्ने गरेता पनि यो वर्ष एक दुई दिन ढिला गरि बिहीबार सम्ममा मनसुनी प्रणाली नेपाल आइपुग्ने मौसमविदको धारणा छ ।