तेमाल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

काभ्रे, असार ११ । तेमाल गाउँपालिकाको नीति तथा कार्यक्रम आइतबार पारित भएको छ ।

गाउँपालिका अध्यक्ष चन्द्र लामाद्धारा प्रस्तुत गरिएको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक नीति तथा कार्यक्रम गाँउसभाले पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष चन्द्र लामाको अध्यक्षतामा बसेको गाँउसभामा ‘सुशासन सहितको विकास आजको आबस्यकता गुणस्तरयुक्त पुर्वाधार, शिक्षा, स्वास्थ र रोजगारमा हाम्रो प्राथमिकता’, भन्ने मुल नारा सहित प्रस्तुत २५ पृष्ठको नीति तथा कार्यक्रम प्रस्ततु गरिएको थियो ।

गाउँपालिकाले सडक, खानेपानी, सिंचाइलाई जोड दिदै ‘युवालाई विदेश होइन, विजनेश’ भन्ने नारा सहित महत्वकांक्षी कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

गाउँपालिकाले यस बर्ष कृर्षि उत्पादन बजारीकरण र अनुदान सहित रैथाने बाली÷बीउ संरक्षण, खेती बिस्तार र बजारीकरण कार्यक्रममा समेटिएको छ । प्रत्येक वडामा कृषि संकलन केन्द्रको विस्तार, उत्पादकत्व वृद्धिमा जोड दिने र कृषकलाई तालिमको व्यवस्था गर्ने योजना नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, स्वास्थ, शिक्षा, खेलकुद, पर्यटन, उद्यम, लक्षित वर्गका कार्यक्रमलाई अगाडी बढाउने उल्लेख गरिएको छ ।

बागमती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा तेमाल गाँउपालिकाको १३ औं गाँउसभा कार्यक्रममा, कार्यपालिका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।