साफ च्याम्पियनसिपमा आशिषको डेब्यू गोलसंगै, १५ वर्षपछि पाकिस्तानमाथि नेपालको जित

काठमाडौं, असार १२ । साफ च्याम्पियनसिपमा नेपालले १५ वर्षपछि पाकिस्तानविरुद्ध पहिलो जित निकालेको छ । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानमाथि १ — ० गोलको जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको हो ।

भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो

साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियो । नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो ।

नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो ।

एक खेल अगावै नेपाल र पाकिस्तान समूह चरणबाट बाहिरिसकेका टोली हुन् ।