बाढी पहिरोमा परी १ सय ९२ ले गुमाए ज्यान

काठमाडाैं । विहिबारदेखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परेर १९२ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त बाढी पहिरोमा परेर ३० जना अझैं वेपत्ता छन् । गृह प्रवक्ता ऋृषिराम तिवारीका अनुसार, एक सय ९४ जना घाइते भएका छन् बाढी पहिरोमा परेर ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।