पूर्वी टर्कीमा गयो ५.९ म्याग्निच्युडको भूकम्प

एजेन्सी, कार्तिक १ गते । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको हो ।

अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो ।

उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।