जापानमा सात दशकदेखि शासन गर्दै आएको एलडीपीले गुमायो बहुमत

एजेन्सी, कार्तिक १२ । जापानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ ।

सात दशकदेखि शासन गर्दै आएको एलडीपी हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो ।

जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्ये एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ ।

एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ ।