दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन माग

काठमाडौं, कार्तिक २३ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि आवेदन आह्वान भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

सोही आवेदनको आधारमा समितिले अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।

इच्छुक व्यक्तिले सात दिनभित्र सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा आवेदन पेश गर्न सक्ने छन् ।