त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाटमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट काठमाडौं आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान रोराङ गाउँपालिका १० खयरघारीबाट त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ ।

ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।