दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

फेक डकुमेन्ट सार्वजनिक गरेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका उनी वीर अस्पतालमा भर्ना भएका हुन् ।

आइतबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो ।

क्यान्सरको बिरामी उनलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपनि उपचार समेत गर्न आदेश दिएको हो । सोही अनुसार प्रहरीले प्रसाईंलाई अस्पताल भर्ना गरेको बताइएको छ ।