रविको बयान सकिएन, भोलि पनि लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि नसकिने भएको छ ।

कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेसँग आज बिहानदेखि नै बयान लिइएको भएपनि सकिने सम्भावना नरहेकाले उनको भोलि पनि चल्ने भएको छ ।

सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज नसकिने बताइएको छ । उनीसँग यसअघि शुक्रबार पनि बयान लिइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आज आइतबार पुनः बयान लिइएको हो ।

बयान लिनकै लागि उनलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनीसँग भोलि सोमबार पनि बयान लिइने काठमाडौं सरकारी वकिल कार्यालयको तयारी छ ।

भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने छ ।