रिलिज अगावै फिल्म ‘पुष्पा-२ : द रुल’ ले कमायाे एक सय कराेड

काठमाडौं ।अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा-२ : द रुल’ ले डिसेम्बर ५ मा सिनेमाघरमा रिलिज हुनुअघि नै एउटा महत्त्वपूर्ण कोशेढुंंगा पार गरेको छ ।

फिल्मले ठुलो पर्दामा आउनुअघि नै ठुलो रेकर्ड बनाइसकेको छ । फिल्मले रिलिजको अघिल्लो दिनसम्ममा मात्रै १०० करोड कमाई गरिसकेको छ।

यो ठुलो उपलब्धि सामाजिक सञ्जालमार्फत घोषणा गरिएको थियो, जहाँ निर्माताहरूले आफ्नो खुसी व्यक्त गर्दै पोस्टहरू साझा गरे। निर्माताहरूले सोसल मिडियामा पोस्टको साथ क्याप्सनमा लेखेका छन्, ‘पुष्पा-२ : द रुल’ ले अग्रिम बुकिङमा १०० करोडको आँकडा पार गरेको छ । यो फिल्म भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

धेरै भाषाहरूमा जारी गर्ने भनिएको फिल्म ‘पुष्पा-२ : द रुल’ रिलिज हुन एक दिन मात्रै बाँकी छ र फिल्मको ग्लोबल रिलिजलाई लिएर दर्शकमा जबरदस्त उत्साह छ । यस चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम लगायत धेरै भाषाहरूमा रिलिज हुनेछ ।

फिल्ममा अल्लू अर्जुनबाहेक रश्मिका मन्दाना र फहाद फासिल पनि मुख्य भूमिकामा छन् । फिल्मको कुल लागत करिब ४०० करोड रुपैयाँ रहेको बताइएको छ।