काठमाडौँ । लोक दोहोरी गायिका सृजना विकको केसरी बोलको लोक दोहोरी गित केसरी सार्वजानीक भएको छ ।
पछिल्लो समय लोक दोहोरी क्षेत्रलाई मन पराउनेको संख्या बढ्दो छ । आम दर्शक श्रोता गित संगितको तालमा रमाउन चाहन्छन् । बिबाह भोज पाटी प्यालेस पिकनिकमा उनै संगितका धुनहरू गुन्जिरहेका छन । थुप्रै कलाकारले मिठा मिठा गितहरू बजारमा सार्वजानीक भएका छन ।
यसै क्रममा पछिल्लो समय संगितिक धरातलमा जुर्मुराउन सफल नबोदित गायिका सृजना बिश्वकर्मा को केसरी लोक दोहोरी गितको हालै मात्र बिमोचन गरिएको छ । माया प्रेमको एक अन्तरभावनलाई टपक्क टिपेर तयार पारीएको गितमा नेपालको लोक दोहोरी क्षेत्रका बादशाह राजु परियार गायिका सृजना बिश्वकर्माको आवाज रहेको गितको शब्द संगित संयोजन गायक सर्जक दुर्गा विरहीले गरेका छन ।
मोडल निर्मल क्षेत्रि, शर्मिला विसि,केसु पुन मगर र लक्षमण सुनारको मुख्य भुमिका रहेको म्युजिक भिडियो को निर्देशन दुर्गा विरही ,र सम्पादन छाँयाङकन ताराकान्त विकले गरेका छन ।
भिडियो दुर्गा विरही अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।


















