केपि कुमार जलन । गण्डकी प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुने भएको छ ।
हाम्रो अभियान, लोक संस्कृतीको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दे आएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीको आयोजना तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखरा र पोखरा महानगरपालिका को विशेष सहयोगमा यहि फागुन २ र ३ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभा हलमा गण्डकी प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगीता तथा स्रष्टा सम्मान तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ ।
दोहोरी गित प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र, दितृय पुरस्कार नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र , तितृय पुरस्कार १५ हजार रुपैयाँ ,सान्तवना पुरस्कार ८ हजार रुपैयाँ र प्रमाणपत्र र प्रतियोगि समूह मध्येबाट उत्कृष्ट पुरूष कलाकार र उत्कृष्ट महिला कलाकारलाई ५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसा क्षेत्रीले जानकारी दिइन् ।


















