सलिना र बिशालकाे “लाहुरे टाँसेको” सार्वजानीक

केपि कुमार जलन । लोकप्रिय गायिका तथा माेडल सलिना नेपाली र गायक विशाल रायमाझीकाे पञ्चे बाजा “लाहुरे टाँसेको” बाेलकाे लाेक दाेहाेरी गीत सार्वजनिक गरेका छन् ।

नेपालकै प्रसिद्ध धार्मिक स्थल बाेकेकाे सुपा देउरालीकाे काखमा छाँयाङकन गरिएकाे गितले प्रदेशी लाहुरेका कथा ब्यथालाई चित्रण गर्दे माया प्रेमकाे एक अन्तरभावलाई टपक्क टिपेर तयार पारीएकाे छ ।
गायक बिशाल रायमाझीको शब्द संगीतमा रहेका गितमा गायक रायमाझीलाई गायिका सलिना नेपालीले साथ दिएकी छिन । भिडियाेमा कलाकार तथा मोडल एलिना रायमाझी, बिशाल रायमाझी,सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन विशाल रायमाझी छायांकन  प्रकाश खड्का र सम्पादन राज कुमार मगरले गरेका छन ।

भिडियाे विशाल रायमाझी अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।