सिम्रनको ‘मत परे गाँउले गोठालो’ सार्वजानीक

केपि कुमार जलन । गाउँले जीवन मानिसका लागि सबै भन्दा प्राकृतिक जीवन हो । गाउँको जीवन सादा र सरल छ तिनै गाउघरको डाडापाखा, मेलापात गर्दे सामान्तया भेडा बाख्रा चराउँदै गोठाले दाईका जीवन कथालाई टपक्क टिपेर निकै मौलिक भाषामा तयार पारीएको गायिका सिम्रन परियार र सम्भोज मल्लको ‘मत परे गाँउले गोठालो´ बोलको गित सार्वजानीक भएको छ ।

आकास नेपालीको शब्द संगित गायिकाद्वय सिम्रन परियार र गायक सम्भोज मल्लको आवाज रहेको गितको म्युजिक भिडियोमा आकास नेपाली र सिम्रनको मुख्य भुमिका रहेको छ । भिडियोमा गाउँले जिवनशैली र बाख्रा चराउँदै गरेको एक गोठाले दाईको यथार्त जिबनी देखाईएको छ । गितमा मन परेकी मायालु लाई आफू एउटा साधरण गाउँले गोठाले दाइ भएको र मन परेकी मायालु लाई सहजै आफ्नो बनाउन नसकेको यथार्त देखाईएको छ ।

यम बस्नेतको निर्देशन, सविन गोदारको छाँयाङकन र भिम बिश्वकर्माको सम्पादन रहेको भिडियो सिम्रन परियार अफिसियल युटुव च्यानलबाट सार्वजानीक भएको छ ।