सिंहदरबारमा आगलागी : खानेपानी मन्त्रीको कार्यकक्षसहित ४ कोठा जले

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान ८ः३० बजे तिर लागेको आगलागीबाट ४ वटा कोठामा क्षति पुगेको छ । खानेपानी मन्त्रीको कार्यकक्षसहितका ३ वटा कोठा र १ वटा ट्वाइलेटमा क्षति पुगेको हो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानअनुसार विद्युतको तार सट भएर आगालागी भएको बताइएको छ । आफू मातहतको मन्त्रालयमा आगलागी भएपछि खानेपानी मन्त्री प्रदीप यादव निरीक्षणका लागि मन्त्रालय पुगेका छन् । मन्त्रालय पुगेका मन्त्री यादवले सिसिटिभीको फुटेज हेरेर क्षतीको विवरणबारे सबै जानकारी केहीबेरमा दिने बताएका छन् ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।