रबि कार्की सीता श्रेष्ठ लगायत अन्य कलाकारको आवज रहेको ‘स्याउली बजार’ मौलिक गित सार्वजनीक

केपि कुमार जलन, काठमाडौं । हाम्रो संस्कार हाम्रो सांस्कृतिक हाम्रो मौलिक पुर्खायाउली को मौलिक परम्परागत को रीतिरिवाज लाई कलाकार हरुले सधैं बचाई राख्नु पर्छ भन्ने एउटा सन्देश मुलक मौलिक सृजना बोकेको स्याउली बजार गित बजारमा सार्वजानिक भएको छ ।

मौलिक गितहरूको खोजि गर्दे नेपाली संस्कृतीको संरक्षणमा अघि बढेको ई नेपाल रोधी घरको प्रस्तुतीमा थुप्रै चर्चित कलाकारको आवाज रहेको उक्त गितको संगित संयोजन अमेरीकामा रहेका गायक सर्जक खेम पुनले गरेका हुन भने शब्द बालकुमार श्रेष्ठले कोरेका हुन ।

चर्चित कलाकारहरू माया गुरूङ,सीता श्रेष्ठ,श्याम राना, सुमन परियार,रबि कार्की,बालकुमार श्रेष्ठ,अस्मिता डल्लाकोटी र रेनुका भट्टराईको आवाज रहेको गितमा चर्चित मोडल शेखर घर्ती र नारायणी खत्रीको उत्कृष्ट नृत्य रहेको छ ।

बिष्णु शर्माको निर्देशन सम्पादन सुरेश श्रेष्ठको छाँयाङकन रहेको म्युजिक भिडियो ई नेपाल रोधि घर अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएको छ ।